7
1पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ। 2मैले आफ्नो भाइ हनानीलाई किल्लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्वरको भय धेरै मान्ने गर्थे। 3मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।”
कैदबाट फर्केर आएकाहरूको सूची
4अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन। 5यसकारण मेरा परमेश्वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ:
6बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। 7तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के।
इस्राएलीहरूका पुरुषहरूको सूची:
8परोशका सन्तानहरू 2,172 जना;
9शपत्याहका सन्तानहरू 372 जना;
10अराहका सन्तानहरू 652 जना।
11पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना;
12एलामका सन्तान 1,254 जना;
13जत्तूका सन्तान 845 जना;
14जक्कैका सन्तान 760 जना;
15बिन्नूईका सन्तान 648 जना;
16बेबैका सन्तान 628 जना;
17अज्गादका सन्तान 2,322 जना;
18अदोनीकामका सन्तान 667 जना;
19बिग्वैका सन्तान 2,067 जना;
20आदीनका सन्तान 655 जना;
21आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
22हाशूमका सन्तान 328 जना;
23बेजैका सन्तान 324 जना;
24हारीपका सन्तान 112 जना;
25गिबोनका सन्तान 95 जना।
26बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना;
27अनातोतका मानिसहरू 128 जना;
28बेथ-अज्मावेतका मानिसहरू 42 जना;
29किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;
30रामा र गेबाका मानिसहरू 621 जना;
31मिकमाशका मानिसहरू 122 जना;
32बेथेल र ऐका मानिसहरू 123 जना;
33अर्को नेबोका मानिसहरू 52 जना;
34अर्को एलामका मानिसहरू 1,254 जना;
35हारीमका मानिसहरू 320 जना;
36यरीहोका मानिसहरू 345 जना;
37लोद, हादीद र ओनोका मानिसहरू 721 जना;
38सेनाहका मानिसहरू 3,930 जना।
39पुजारीहरू:
यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;
40इम्मेरको परिवारबाट 1,052 जना;
41पशहूरको परिवारबाट 1,247 जना;
42हारीमको परिवारबाट 1,017 जना।
43लेवीहरू:
येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना।
44गायकहरू:
आसापका सन्तानहरू 148 जना।
45मन्दिरका द्वारपालहरू:
शल्लूम, आतेर, तल्मोन, अक्कूब,
हतीता र शोबैका सन्तानहरू 138 जना।
46मन्दिरका सेवकहरू:
तिनीहरूका सन्तानहरू:
सीहा, हसूपा, तब्बाओत,
47केरोस, सीआ, पादोन,
48लेबाना, हागाबा, शल्मै,
49हानान्, गिद्देल, गहर,
50रायाह, रसीन, नकोदा,
51गज्जाम, उज्जा, पसेह,
52बेसै, मोनीम, नेपुसीम,
53बक्बूक, हकूपा, हरहूर,
54बस्लूत, महीदा, हर्शा,
55बर्कोस, सीसरा, तेमह,
56नसीह र हतीपा।
57सोलोमनका सेवकहरूका सन्तानहरू:
सोतै, सोपेरेत, परीदा,
58याला, दर्कोन, गिद्देल,
59शपत्याह, हत्तील,
पोकेरेत-हसेबायीम र आमोनका सन्तानहरू।
60मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना।
61तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:
62दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना।
63पुजारीहरूमध्येबाट:
होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
64यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। 65यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।
66सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो। 67यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए। 68उनीहरूसित 736 घोडाहरू, 245 खच्चरहरू, 69435 ऊँटहरू र 6,720 गधाहरू थिए।
70परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक,#7:70 लगभग 8.4 किलो 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए। 71परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिक#7:71 लगभग 170 किलो सुन, र 2,200 मीना#7:71 लगभग 1.2 मेट्रिक टन चाँदी दिए। 72बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए।
73पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले।
एज्राले व्यवस्था पढेका
सातौँ महिनासम्ममा इस्राएलीहरू आफ्ना सहरहरूमा बसोबास गरे।