भजनसंग्रह 14
14
भजन 14
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1मूर्खले#14:1 भजनसंग्रहअनुसार नैतिकताको कमी भएको व्यक्तिलाई मूर्ख भनिन्छ। आफ्नो मनमा भन्छ,
“परमेश्वर छँदैछैन।”
तिनीहरू भ्रष्ट छन्, तिनीहरूले नीच काम गर्दछन्;
असल काम गर्ने कोही पनि छैन।
2याहवेहले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ,
यो जान्नलाई कि कोही त समझदार होला,
जसले परमेश्वरको खोजी गर्दछ।
3तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्#14:3 रोमी 3:12;
असल गर्ने कोही छैन;
एक जना पनि छैन।
4के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्?
रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्;
तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।
5तर त्यहाँ तिनीहरू डरले काम्छन्;
किनकि धर्मीहरूको समूहमा परमेश्वर उपस्थित हुनुहुन्छ।
6तिमी दुष्ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ;
तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।
7अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!
जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ,
तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 14: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.