YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 27

27
भजन 27
दावीदको भजन।
1याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;
मैले कसको भय मान्‍नु?
याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ;
म कोसँग भयभीत हुनु?
2जब दुष्‍टहरू मलाई आक्रमण गर्न
मेरो विरुद्धमा अगि बढ्छन्,
जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्;
तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।
3सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि
मेरो हृदय डराउनेछैनँ;
मेरो विरुद्धमा लडाइँ चले तापनि
त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु।
4याहवेहसँग म एउटै कुरा माग्दछु,
म त्यसैको मात्र खोजी गर्दछु:
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,
उहाँको सुन्दरता हेर्न पाऊँ,
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
5किनकि सङ्कष्‍टका दिनमा
उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ;
उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ;
र एउटा चट्टानमाथि उच्‍च राख्नुहुनेछ।
6तब मेरो वरिपरिका शत्रुहरूमाथि
मेरो शिर उच्‍च पारिनेछ;
उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु;
म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।
7हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्;
ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।
8मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।”
हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।
9मबाट तपाईंको मुहार नलुकाउनुहोस्;
तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्;
तपाईं मेरा सहायक हुनुभएको छ।
हे परमेश्‍वर, मेरा मुक्तिदाता,
मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।
10मेरा बुबाआमाले मलाई त्यागे तापनि
याहवेहले मलाई सम्हाल्नुहुनेछ।
11हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्;
र मलाई अत्याचार गर्ने मानिसहरूको कारण,
मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।
12मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्;
किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्,
तिनीहरू खराब आरोप लगाउँछन्।
13म यसमा अझ विश्‍वस्त छु:
म जीवितहरूको देशमा
याहवेहको भलाइ देख्नेछु।
14याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 27: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्