YouVersion लोगो
खोज आइकन

प्रकाश 1

1
प्रस्तावना
1येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले येशू ख्रीष्‍टलाई दिनुभयो, ताकि येशू ख्रीष्‍टका सेवकहरूले चाँडै हुन आउने कुराहरू देखून्। उहाँले आफ्ना दूत पठाएर यो आफ्नो सेवक यूहन्‍नालाई प्रकट गर्नुभयो; 2तिनैले परमेश्‍वरको वचनको लागि र येशू ख्रीष्‍टको गवाहीको लागि आफूले देखेका सबै थोकहरूको विवरण दिए। 3जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्‍नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ।
अभिवादन र स्तुति-प्रशंसा
4यूहन्‍नाबाट,
एशिया#1:4 एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन हाल आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो। प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु:
उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट; 5अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका#1:5 जीवित हुनुभएका मूल भाषामा जन्मनु र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।
उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो; 6अनि उहाँका परमेश्‍वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन।
7“हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”;#1:7 दानि 7:13
अनि “हरेक आँखाले उहाँलाई देख्नेछ,
तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए”
अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।”#1:7 जक 12:10
यस्तै होस्! आमेन।
8सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “म नै अल्फा र ओमेगा#1:8 यी ग्रीक भाषाका पहिलो र अन्तिम अक्षर हुन्, जसको अर्थ सुरु र अन्त्य हुन्छ। हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।
ख्रीष्‍टको बारेमा यूहन्‍नाको दर्शन
9म यूहन्‍ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्‍टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्‍वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ। 10प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ, 11जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।”
12अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ; 13अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाएको “मानिसको पुत्रजस्तै,”#1:13 दानि 7:13 एक जनालाई देखेँ। 14उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए। 15उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो। 16अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो।
17जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्‍नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ। 18जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।
19“यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख। 20तिमीले मेरो दाहिने हातमा देखेका सात वटा ताराहरू र सात वटा सुनका सामदानहरूको रहस्य यो हो: सात वटा ताराहरू सात मण्डलीका दूतहरू#1:20 अथवा सन्देश वाहकहरू हुन्, र सात वटा सामदानहरू सात मण्डलीहरू हुन्।”

अहिले सेलेक्ट गरिएको:

प्रकाश 1: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्