१ कोरिन्थी 11:25-26
१ कोरिन्थी 11:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ।
१ कोरिन्थी 11:25-26 नेपाली समकालीन संस्करण (NCV)
त्यसै गरी रोटी खाइसकेपछि उहाँले कचौरा लिएर भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, यो मेरो सम्झनामा गर्ने गर।” किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब प्रभु नआउन्जेल तिमीहरूले उहाँको मृत्युको प्रचार गर्दछौ।
१ कोरिन्थी 11:25-26 पवित्र बाइबल (NERV)
उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गर।” जब-जब तिमीहरू यो रोटी खाँदछौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउन्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ।
१ कोरिन्थी 11:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसै गरी रोटी खाएपछि कचौरा लिएर भन्नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जति खेर तिमीहरू यो पिउँछौ, मेरो सम्झनाको लागि यसै गर्ने गर’।” यसरी तिमीहरू रोटी खाँदा र यो कचौराबाट पिउँदा प्रभु नआउञ्जेलसम्म उहाँको मृत्युको प्रचार गर्नेछौ।