१ यूहन्ना 2:15-16
१ यूहन्ना 2:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
१ यूहन्ना 2:15-16 पवित्र बाइबल (NERV)
संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्।
१ यूहन्ना 2:15-16 नेपाली समकालीन संस्करण (NCV)
संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्छ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक; शरीरको अभिलाषा, उसको आँखाहरूको अभिलाषा र ऊसँग भएका जीवनको शेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।
१ यूहन्ना 2:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
संसार र संसारका कुराहरूलाई प्रेम नगर। कसैले संसारलाई प्रेम गर्छ भने उसले परमेश्वरलाई प्रेम गर्दैन। संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्छा र जीवनको घमण्ड– यी कुराहरू परमेश्वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्।