१ राजाहरू 17:1
१ राजाहरू 17:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।”
१ राजाहरू 17:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “जीवित परमप्रभु इस्राएलका परमेश्वर, जसको सेवा म गर्दछु, उहाँलाई साक्षी राखी म भन्दछु कि मेरो वचनबिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न त केही पानी पर्नेछ।”
१ राजाहरू 17:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, “मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।”
१ राजाहरू 17:1 पवित्र बाइबल (NERV)
एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही बर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”