१ राजाहरू 17:12
१ राजाहरू 17:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तिनले भनिन्, “जीवित परमप्रभु तपाईंका परमेश्वरलाई साक्षी राखी म साँच्चै भन्दछु, भाँडामा एक मुठ्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म दाउरा घरमा लगी मसित भएको धेर-थोर जे छ, त्यो आमा र छोराले खाऔं भनेर यहाँ केही दाउरा बटुल्न आएथें। त्यो हाम्रो अन्तिम गाँस हुनेछ र त्यसपछि हामी भोकै मर्नेछौं।”
१ राजाहरू 17:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस विधवाले जवाफ दिई “जीवित परमप्रभु तपाईंका परमेश्वरको नाउँमा शपथ खाएर म भन्छु, कि भाँड़ामा एक मुट्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिँजामिजा लानलाई खोज्दैछु।”
१ राजाहरू 17:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले जवाफ दिइन्, “जीवित याहवेह तपाईंका परमेश्वरलाई साक्षी राखेर भन्दछु, मसित एउटै रोटी पनि छैन। एउटा भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलिकति तेलबाहेक केही छैन। म आफैँ र मेरा छोराका निम्ति खानेकुरा बनाएर खाई मरौँला भनी घरमा लैजान केही दाउरा बटुल्दैछु।”
१ राजाहरू 17:12 पवित्र बाइबल (NERV)
स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”