१ राजाहरू 18:24
१ राजाहरू 18:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिमीहरू आफ्नो देवता पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु। त्यो देवता जसले आगोद्वारा जवाफ दिनुहुन्छ, त्यही नै परमेश्वर हुनुहुन्छ।” तब सबै मानिसहरूले भने, “तपाईंले भन्नुभएको कुरा असल हो।”
१ राजाहरू 18:24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब बालका अगमवक्ताहरूले आफ्ना देवतालाई प्रार्थना गरून् र म परमप्रभुलाई प्रार्थना गर्नेछु। जसले आगो पठाएर जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुन्छ।” मानिसहरूले जोडले कराएर त्यो कुरा स्वीकारे।
१ राजाहरू 18:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले आफ्ना देवताहरूका नाम लिएर पुकार गर, र मचाहिँ मेरा याहवेहको नाम लिएर पुकार गर्नेछु। जुन देवताले आगोद्वारा जवाफ दिनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुनेछ।” तब सबै मानिसहरूले भने, “तपाईंले भनेको कुरा ठिक हो।”
१ राजाहरू 18:24 पवित्र बाइबल (NERV)
बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।” सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।