१ राजाहरू 18:36
१ राजाहरू 18:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बलिदानको बेलामा एलिया अगमवक्ताले अगि बढ़ेर प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस्।
१ राजाहरू 18:36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता वेदीको छेउमा गएर प्रार्थना गर्न लागे, “हे परमप्रभु, अब्राहाम, इसहाक र याकूबका परमेश्वर, तपाईं इस्राएलमा परमेश्वर हुनुहुन्छ र म तपाईंको सेवक हुँ र तपाईंको आज्ञाले यी सबै काम गर्दै छु भनी प्रमाण दिनुहोस्।
१ राजाहरू 18:36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बलिदानको समयमा एलिया अगमवक्ता वेदीको अगि बढे, र यसरी प्रार्थना गरे: “हे याहवेह, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं नै इस्राएलमा परमेश्वर हुनुहुन्छ। म तपाईंको सेवक हुँ, र मैले यी सबै तपाईंकै आदेशमा गरेको हुँ भनेर आज थाहा होस्।
१ राजाहरू 18:36 पवित्र बाइबल (NERV)
यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।