बाइबल एप लोगो
खोज आइकन

१ पत्रुस 1:8-9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

१ पत्रुस 1:8-9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्‍दैनौ, तापनि उहाँमाथि विश्‍वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्‍दमा रमाउँछौ। तिमीहरूका विश्‍वासको प्रतिफलस्‍वरूप तिमीहरूले आफ्‍ना आत्‍माको मुक्ति पाउँछौ।

शेयर गर्नुहोस्
१ पत्रुस 1 NNRV

१ पत्रुस 1:8-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिमीहरूले उहाँलाई नदेखेका भए पनि प्रेम गर्छौ र अहिले नदेखे पनि उहाँलाई विश्‍वास गर्छौ। अनि बयान नै गरी नसक्‍ने ठूलो महिमित आनन्‍दले तिमीहरूको हृदय भरिएको छ किनभने तिमीहरूले उहाँमा विश्‍वास गरेका कारण तिमीहरूले आत्‍माको मुक्ति पाएका छौ।

शेयर गर्नुहोस्
१ पत्रुस 1 सरल नेपाली

१ पत्रुस 1:8-9 NERV (पवित्र बाइबल)

तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ। तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।

शेयर गर्नुहोस्
१ पत्रुस 1 NERV

१ पत्रुस 1:8-9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्‍वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ; किनकि तिमीहरूको विश्‍वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो।

शेयर गर्नुहोस्
१ पत्रुस 1 NCV