१ पत्रुस 2:24-25
१ पत्रुस 2:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्टले हाम्रो पाप आफ्नो शरीरमा बोकेर काठको क्रूसमा झुण्डिनुभयो। त्यसो हुँदा हामी पनि पापको लागि मर्यौं अनि परमेश्वरलाई मन पर्ने असल कामको निम्ति बाँच्यौं। उहाँका चोटहरूमा तिमीहरू निको भयौ। तिमीहरू बरालिएका भेडाजस्तै थियौ, तर अब त तिमीहरूका आत्माका गोठाला र रक्षककहाँ उहाँलाई पछ्याउन तिमीहरूलाई ल्याइएको छ।
१ पत्रुस 2:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ। किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।
१ पत्रुस 2:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।” किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,” तर अब तिमीहरू आफ्ना प्राणका गोठालो र संरक्षक ख्रीष्टकहाँ फर्केका छौ।
१ पत्रुस 2:24-25 पवित्र बाइबल (NERV)
ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारियौ। तिमीहरू भेंडा़ जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरू गोठाला अनि तिमीहरूका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ।