१ पत्रुस 3:10-11
१ पत्रुस 3:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्।
१ पत्रुस 3:10-11 नेपाली समकालीन संस्करण (NCV)
किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ। तिनले खराबीबाट फर्केर असल गर्नुपर्दछ तिनले शान्तिको खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।
१ पत्रुस 3:10-11 पवित्र बाइबल (NERV)
धर्मशास्त्रले भन्छ, “मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ, अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ। त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
१ पत्रुस 3:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धर्मशास्त्रले भन्छ, “जीवन सुखी राख्न चाहनेले र सुखको दिन खोज्नेले जिब्रोलाई नराम्रो कुरा बोल्न र मुखलाई ढाँट्न दिनुहुँदैन।” नराम्रो काम छोडेर उसले राम्रो काम गर्नुपर्छ। पूरा हृदयले मिलाप राख्ने काममा लाग्नुपर्छ