१ शमूएल 1:11
१ शमूएल 1:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हन्नाहले एउटा गम्भीर प्रतिज्ञा गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु! म तपाईंकी दासीप्रति निगाह गर्नुहोस्। मेरो कष्ट हेर्नुहोस् र सम्झना गर्नुहोस्। मलाई नभुल्नुहोस्। तपाईंले मलाई एउटा छोरा दिनुभयो भने म प्रतिज्ञा गर्दछु कि म त्यसलाई त्यसको जीवनभरि तपाईंलाई अर्पण गर्नेछु र त्यसको केश कहिल्यै काटिनेछैन।”
१ शमूएल 1:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हन्नाहले यी कुरा भनेर भाकल गरिन्, “हे सर्वशक्तिमान् परमप्रभु, यदि तपाईंले मेरो दु:ख बुझेर ममाथि कृपा-दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, अनि यदि तपाईंले मलाई भुल्नुभएन, र एउटा बालक दिनुभयो भने, म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, र त्यसको कपालमा कहिल्यै छुरा लाग्नेछैन।”
१ शमूएल 1:11 पवित्र बाइबल (NERV)
तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुन्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”