१ शमूएल 15:23
१ शमूएल 15:23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँको विरुद्धमा विद्रोह गर्नु तन्त्र-मन्त्रको पापजस्तै हो र घमण्ड गर्नु मूर्तिपूजाजस्तै पाप हो। तिमीले परमप्रभुको आज्ञा अस्वीकार गरेको हुनाले उहाँले तिमीलाई राजा मान्न अस्वीकार गर्नुभएको छ।”
१ शमूएल 15:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्याग्नुभएको छ।”
१ शमूएल 15:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनुचाहिँ मूर्तिपूजाको दुष्टता जस्तै हो। तिमीले याहवेहको वचनलाई इन्कार गरेका छौ, यसकारण उहाँले तिमीलाई राजाको रूपमा इन्कार गर्नुभएको छ।”
१ शमूएल 15:23 पवित्र बाइबल (NERV)
आज्ञा पालन नगर्नु चाहि तन्त्र-मन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहिँ मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”