१ शमूएल 18:7-8
१ शमूएल 18:7-8 पवित्र बाइबल (NERV)
स्त्रीहरूले यसरी गाउँथे, “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।” ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।”
१ शमूएल 18:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रशंसा गर्दै तिनीहरूले यसरी गाउँदै थिए, “शाऊलले हजार-हजारलाई मारे; तर दाऊदले लाख-लाखलाई मारे।” त्यो शाऊललाई मन परेन र तिनी औधी रिसाए। तिनले भने, “दाऊदको लागि तिनीहरूले लाख-लाख मार्यो भन्ने दाबी गर्दै छन्; तर मलाई चाहिँ हजार-हजार मात्र। अर्को पालि त तिनीहरूले उनलाई राजा पनि बनाउलान् नि!”
१ शमूएल 18:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्त्रीहरू आनन्दित भएर यसो भनेर गाउँदथे: “शाऊलले हजारौँ हजारलाई ध्वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्वंस गरे।” शाऊल साह्रै रिसाए, र ती शब्दहरूले उनलाई चोट लाग्यो। उनले भने, “दाऊदको निम्ति तिनीहरूले लाखौँ लाख ठहराए, तर मलाई चाहिँ हजारौँ मात्र। अब तिनलाई राजा तुल्याउनु मात्र त बाँकी रह्यो।”
१ शमूएल 18:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले नाच्दै यसरी गीत गाए: “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले त लाखौँ-लाखलाई मारे।” त्यो कुराले शाऊल ज्यादै रिसाए। त्यस गीतले तिनलाई साह्रै दुःखित तुल्यायो। तिनले सोचे, “तिनीहरूले दावीदलाई लाखौँको श्रेय दिए, तर मलाईचाहिँ हजारौँको मात्र श्रेय दिए। अब राज्यबाहेक उसले अरू के प्राप्त गर्नु बाँकी रह्यो र।”