१ शमूएल 21:12-13
१ शमूएल 21:12-13 पवित्र बाइबल (NERV)
तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए। यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल ढोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए।
१ शमूएल 21:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनका वचनले दाऊदमा एउटा गहिरो प्रभाव पार्यो र उनी आकीश राजासित औधी डराए। यसकारण तिनीहरू छेउमा हुँदा दाऊद पागल भएको बहाना गर्थे र तिनीहरूले रोक्दा तिनले बहुलाकै बहाना गर्थे। तिनी सहरका पर्खालमा लेखिहिंड्थे र दाह्रीमा राल चुहाउँथे।
१ शमूएल 21:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी कुरा दाऊदले मनमा राखिछोड़े, र तिनी गातका राजा आकीशसित साह्रै डराए। त्यसैकारण तिनले उनीहरूका सामुन्ने पागलपनको अभिनय गरे। उनीहरू सबैका सामु मूल ढोकाका दुवै पाटामा कोर्दै र दाह्रीमा राल चुहाउँदै तिनी बौलाहाजस्तो भए।
१ शमूएल 21:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीदले यी कुराहरू सुने। अनि तिनी गात सहरका राजा आकीशसँग साह्रै डराए। यसकारण तिनले तिनीहरूका सामु बौलाहा भएको बहाना गरे। यसरी उनीहरूका साथमा हुँदा तिनले बहुला मानिसले जस्तै अभिनय गर्दै ढोका र मूलढोकाहरूमा कोर्दै र दाह्रीमा राल चुहाउँदै हिँडे।