१ शमूएल 8:5-6
१ शमूएल 8:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। यसकारण अरू जातिहरूजस्तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्।” तर शासनको निम्ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे।
१ शमूएल 8:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले तिनलाई भने, “तपाईं वृद्ध हुनुभएको छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। अब अरू राष्ट्रहरूजस्तै हामीलाई पनि न्याय गर्न एउटा राजा नियुक्त गरिदिनुहोस्।” तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे।
१ शमूएल 8:5-6 पवित्र बाइबल (NERV)
बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।” यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे।
१ शमूएल 8:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
र तिनलाई भने, “हेर्नुहोस्, तपाईं बुढो हुँदै हुनुहुन्छ अनि तपाईंका छोराहरू तपाईंको चालअनुसार चल्दैनन्। यसकारण अब हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गर्नुहोस् र हाम्रो पनि अरू देशमा झैँ राजा हुनेछन्।” तिनीहरूले राजाको लागि बिन्ती गरेकोमा शमूएल खुसी थिएनन्। तिनले परमप्रभुलाई प्रार्थना गरे