१ थेसलोनिकी 1:2-3
१ थेसलोनिकी 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्तर स्मरण गर्दै हामी परमेश्वरलाई तिमीहरू सबैका निम्ति धन्यवाद दिन्छौं। हाम्रा परमेश्वर पिताको सामुन्ने हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूका विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झन्छौं।
१ थेसलोनिकी 1:2-3 नेपाली समकालीन संस्करण (NCV)
हामी तिमीहरू सबैका लागि परमेश्वरलाई सधैं धन्यवाद चढाउँछौं, र हाम्रा प्रार्थनाहरूमा पनि निरन्तर याद गर्दछौं। हाम्रा परमेश्वर र पिताको सामु तिमीहरूको विश्वासद्वारा उत्पन्न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौं।
१ थेसलोनिकी 1:2-3 पवित्र बाइबल (NERV)
प्रार्थना गर्दा हामी सधैँ तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैँ प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिन्छौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिँदछौं। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
१ थेसलोनिकी 1:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीहरू तिमीहरू सबैका लागि परमेश्वरलाई धन्यवाद दिन्छौं र सधैँ प्रार्थना गर्दा पनि तिमीहरूलाई सम्झनेगर्छौं। हाम्रा परमेश्वर र पिताको सामु तिमीहरूको विश्वासबाट गरेको काम र प्रेमले गरेको परिश्रम र हाम्रा प्रभु येशू ख्रीष्टमा राखेको आशाबाट तिमीहरू दरिलो भएको सम्झिरहन्छौं।