१ तिमोथी 2:1-2
१ तिमोथी 2:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्। हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्।
१ तिमोथी 2:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र-निवेदन, प्रार्थना र मध्यस्थ-बिन्ती र धन्यवाद चढ़ाइऊन्, राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।
१ तिमोथी 2:1-2 पवित्र बाइबल (NERV)
प्रथमतः म तिमीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ। राजाहरू अनि उनीहरू सबैकोलागी जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाऊँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सकुँ अनि उहाँ प्रति सम्मान देखाउन पाऊँ।
१ तिमोथी 2:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब सबैभन्दा पहिले म भन्छु, सबै मानिसहरूका लागि नम्र निवेदन, प्रार्थना, अन्तर्बिन्ती र धन्यवाद पनि चढाउने गर। राजाहरू र सरकारी मानिसहरूका लागि पनि प्रार्थना गर्ने गर। त्यसो भए हामी सुखशान्तिको जीवनले पूरा समय परमेश्वरकै भक्ति र ध्यानमा लाग्न सक्नेछौं।