१ तिमोथी 3:12-13
१ तिमोथी 3:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
डिकन एउटै पत्नीका पति होऊन्। आफ्ना छोरा-छोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउन सक्ने होऊन्। किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन् तिनीहरूले आ-आफ्ना निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्।
१ तिमोथी 3:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ। जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्ठा र ख्रीष्ट येशूमा भएका तिनीहरूका विश्वासमा महान् निश्चयता पाउनेछन्।
१ तिमोथी 3:12-13 पवित्र बाइबल (NERV)
विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ। असल प्रकारले सेवा गर्ने यी विशेष सहायकहरूले स्वयंलाई माननीय पदको योग्य तुल्याउने छन्। तिनीहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासको विषयमा ठूलो भरोसा पाउनेछन्।
१ तिमोथी 3:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मण्डलीमा सेवा गर्नेको पनि एउटै मात्र स्वास्नी हुनुपर्दछ। उसले पनि आफ्ना छोराछोरी र घर-परिवार राम्ररी मिलाएर राख्नुपर्दछ। राम्रो सेवा गर्नेहरूको इज्जत पनि राम्रो हुनेछ अनि तिनीहरूले येशू ख्रीष्टमा भएको आफ्नो विश्वासको बारेमा अरूलाई पनि साहससँग भन्न सक्नेछन्।