१ तिमोथी 6:18-19
१ तिमोथी 6:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भलाइको काम गर्नू, भलाइको काममा धनी हुनू, खुला मनको हुनू र अरूलाई दिन तयार हुनू भनी तिनीहरूलाई भन। यसरी तिनीहरूले पछि आफ्नो साँचो जीवनमा काम लाग्ने धनसम्पत्ति जम्मा गरून् र उनीहरूले साँचो जीवन जोगाइराख्न सक्नेछन्।
१ तिमोथी 6:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्। यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो।
१ तिमोथी 6:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले असल गरून्, असल कामहरूमा धनी होऊन्, र उदार चित्तले बाँडचुँड गर्नेहरू होऊन् भनी आज्ञा देऊ। यसरी नै तिनीहरूले आउने युगका निम्ति असल जगको रूपमा आफ्नै लागि सम्पत्ति थुपार्नेछन्, र तिनीहरूले त्यो जीवनलाई पक्रिराखून्, जो साँच्चै नै आउने युगको साँचो जीवन हो।
१ तिमोथी 6:18-19 पवित्र बाइबल (NERV)
धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँड्नुमा खुशी हुनु भन्नु। त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।