२ कोरिन्थी 11:14-15
२ कोरिन्थी 11:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ। यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्नो भेष बद्लन्छन्। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ।
२ कोरिन्थी 11:14-15 नेपाली समकालीन संस्करण (NCV)
तर यो केही अचम्म होइन, किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ। त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष लिएर आए भने यो कुनै अचम्मको कुरो होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुनेछ।
२ कोरिन्थी 11:14-15 पवित्र बाइबल (NERV)
त्यसमा कुनै अचम्म छैन। किनकि शैतानले पनि मानिसलाई छक्याउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ। यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।
२ कोरिन्थी 11:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो कुनै अनौठो कुरा होइन। शैतान पनि उज्यालो स्वर्गदूतजस्तै देखा पर्न सक्छ। त्यसो हुँदा शैतानका सेवकहरू पनि परमेश्वरका अघि धर्मी सेवकजस्तै देखा पर्नु अचम्मको कुरो होइन। आखिरमा तिनीहरूले आफ्नै कामको फल भोग्नैपर्नेछ।