२ कोरिन्थी 4:16-17
२ कोरिन्थी 4:16-17 पवित्र बाइबल (NERV)
त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदैछ। यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ।
२ कोरिन्थी 4:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ।
२ कोरिन्थी 4:16-17 नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामी हरेस खाँदैनौं। किनकि हाम्रो र बाहिरी मनुष्यत्व नष्ट भए तापनि हामी भित्री मनुष्यत्वमा दिनानुदिन नयाँ हुँदै जाँदैछौं। किनकि हाम्रो हल्का र क्षणभरको कष्टले हामीलाई अनन्तको महिमा प्राप्त हुनेछ, जुन यी सबै कष्टहरूको तुलनामा केही पनि होइन।