२ राजाहरू 20:1
२ राजाहरू 20:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्नुहुन्छ: तेरो घरलाई ठीकठाक पार्, किनभने तँ मर्नेछस्। तँ निको हुनेछैनस्।”
२ राजाहरू 20:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे। आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्, किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
२ राजाहरू 20:1 पवित्र बाइबल (NERV)
त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आफ्नो परिवारको सदस्यहरूलाई अन्तिम निर्देशन देऊ किनभने तिमी मर्नेछौ, तिमी बाँच्ने छैनौ।’”
२ राजाहरू 20:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यही बेलातिर हिजकिया राजा बिरामी भए र झण्डै मरे। आमोजको छोरो यशैया अगमवक्ता उनलाई हेर्न गए र भने, “तैँले सबै कुराको बन्दोबस्त मिलाइराख् किनभने तँ बिसेक हुँदैनस् र तँ मर्नेछस्” भनी परमप्रभु तपाईंलाई भन्नुहुन्छ।