२ पत्रुस 2:21-22
२ पत्रुस 2:21-22 पवित्र बाइबल (NERV)
हो, तिनीहरूलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट फर्कनु भन्दा सही मार्ग तिनीहरूले कहिल्यै नचिनेको असल हुनेथ्यो। तिनीहरूलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।” अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न फर्कन्छ।”
२ पत्रुस 2:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्नुभन्दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्यै थाहै नभएको भए असल हुनेथियो। यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।”
२ पत्रुस 2:21-22 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूका लागि धार्मिकताको बाटो जानेर पनि तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरूबाट पछि हट्नुभन्दा, बरु त्यस सम्बन्धमा ज्ञानै नहुनु उत्तम हुनेथियो। उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुरले आफ्नै बान्ता खान्छ,” र, “नुहाइएको भुनी फेरि हिलैमा खेल्न जान्छे।”
२ पत्रुस 2:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरका अघि ठीक ठहरिने बाटो जानेर पनि आफूले पाएको पवित्र आज्ञालाई मान्दैन भने त बरु उसले यो बाटोको बारेमा कहिल्यै नजानेको भए राम्रो हुनेथियो। तिनीहरू त यसरी उखानले भनेजस्तै छन्, “कुकुरले आफूले गरेको बान्ता फेरि खान थाल्छ,” अनि “नुहाइदिएको सुँगुर फेरि हिलैमा ढलीमली गर्छ।”