२ थेसलोनिकी 1:6-7
२ थेसलोनिकी 1:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ, र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।
२ थेसलोनिकी 1:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ। अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।
२ थेसलोनिकी 1:6-7 पवित्र बाइबल (NERV)
परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ। अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।
२ थेसलोनिकी 1:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वर न्यायी हुनुभएकोले, उहाँले तिमीहरूलाई दु:ख दिनेहरूलाई बदला लिएर ठीकै गर्नुहुनेछ। दु:ख सहने तिमीहरू र हामीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। उहाँले प्रभु येशू शक्तिशाली दूतहरूसँग स्वर्गबाट आउनुहुँदा यी सब गर्नुहुनेछ।