२ थेसलोनिकी 2:9-10
२ थेसलोनिकी 2:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित, र नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे।
२ थेसलोनिकी 2:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ। अनि नष्ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्टतासहित आउनेछ। तिनीहरू नष्ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइन इन्कार गरेका छन्।
२ थेसलोनिकी 2:9-10 पवित्र बाइबल (NERV)
त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ। दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।
२ थेसलोनिकी 2:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो व्यवस्था भङ्ग गर्नेले शैतानको शक्ति लिएर आउनेछ अनि सबै किसिमका झूटा चिन्ह र अचम्म-अचम्मका कामहरू गर्नेछ। नाश हुनेहरू जति सबैलाई त्यसले दुष्ट किसिमले छक्याउनेछ किनभने तिनीहरूले मुक्ति दिने सत्यलाई मन पराएनन्।