YouVersion लोगो
खोज आइकन

२ तिमोथी 3:1-5

२ तिमोथी 3:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।

शेयर गर्नुहोस्
२ तिमोथी 3 पढ्नुहोस्

२ तिमोथी 3:1-5 पवित्र बाइबल (NERV)

यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ। ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्। मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्। अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्। तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।

शेयर गर्नुहोस्
२ तिमोथी 3 पढ्नुहोस्

२ तिमोथी 3:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आखिरी दिनहरूमा दु:खका समयहरू आउनेछन् भनेर तिमीलाई थाहा हुनुपर्दछ। त्‍यस बेलाका मानिसहरू आफैंलाई मात्र माया गर्ने, पैसाको लोभ गर्ने र आफूलाई ठूलो सम्‍झने, अभिमानी र निन्‍दा गर्ने हुनेछन्। तिनीहरू आफ्‍ना आमा-बुबालाई नटेर्ने, बैगुनी, अपवित्र हुनेछन्। कसैको माया नगर्ने, निर्दयी र त्‍यसै चुक्‍ली लाउने, छाडा, डरलाग्‍दा, राम्रा कुरा मन नपराउने हुनेछन्। तिनीहरूले अर्कालाई धोखा दिएर, मनपरी गर्दै घमण्‍डले फुलेर हिंड्‍नेछन् अनि परमेश्‍वरको सट्टा मोज-मज्‍जा नै मन पराउँछन्। तिनीहरूले भक्तिको भेष त लिन्‍छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्‍ता मानिसहरूबाट पनि तिमी अलग्‍गै बस।

शेयर गर्नुहोस्
२ तिमोथी 3 पढ्नुहोस्