२ तिमोथी 4:3-4
२ तिमोथी 4:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्।
२ तिमोथी 4:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्न चाहेका कुराहरू भन्नेछन्। तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्।
२ तिमोथी 4:3-4 पवित्र बाइबल (NERV)
समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्। मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्।
२ तिमोथी 4:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्नै इच्छाहरूका पछि लाग्नेछन्। तिनीहरूले आफूलाई मज्जा लाग्ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्। तिनीहरूले त सत्य कुराहरूलाई सुन्नै सक्दैनन् तर दन्त्यकथाहरू सुन्नचाहिँ मन पराउँछन्।