प्रेरित 11:17-18
प्रेरित 11:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा परमेश्वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्यही वरदान दिनुभएपछि परमेश्वरलाई रोक्न सक्ने म को हुँ र?” यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे, “अब त परमेश्वरले अन्यजातिहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएछ।”
प्रेरित 11:17-18 नेपाली समकालीन संस्करण (NCV)
त्यसैले प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्वरका इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?” यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्वरले पश्चात्ताप दिनुभएछ।”
प्रेरित 11:17-18 पवित्र बाइबल (NERV)
प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?” जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले तर्क गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”
प्रेरित 11:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले प्रभु येशू ख्रीष्टमा विश्वास गर्यौं र परमेश्वरबाट पवित्र आत्मा पायौं। त्यसै गरी ती अन्य-जातिहरूले पनि उहाँमाथि विश्वास गरेर उहाँबाट नै पवित्र आत्मा पाए। यसरी परमेश्वर आफैंले पवित्र आत्मा दिनुहुन्छ भने मैले उहाँलाई कसरी रोक्ने?” यो कुरा सुनेपछि प्रभुमा विश्वास गर्ने यहूदी दाजुभाइहरूले पत्रुसलाई दोष लगाउन छोडे र “परमेश्वरतिर फर्कने र बाँच्ने मौका अरू जातिका मानिसहरूलाई पनि दिनुभएछ,” भनेर परमेश्वरको प्रशंसा गरे।