प्रेरित 14:9-10
प्रेरित 14:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पावलले बोलेको त्यसले सुन्दैथियो। पावलले त्यसलाई एकटक लगाएर हेरे, र निको हुने त्यसको विश्वास छ भन्ने देखिकन ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्यो जुरुक्क उठ्यो र हिँड्न लाग्यो।
प्रेरित 14:9-10 पवित्र बाइबल (NERV)
उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जाति हुन्छु भन्ने प्रशस्त विश्वास थियो। यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो।
प्रेरित 14:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्वास रहेछ भनी थाहा पाए। त्यसैले तिनले उच्च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्क उठ्यो, र हिँड्न थाल्यो।
प्रेरित 14:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पावल बोल्दा उसले ध्यान दिएर सुनिरह्यो। पावलले पनि उसको अनुहारमा राम्ररी हेरे। त्यो मानिसले “म पनि निको हुन सक्छु,” भनी विश्वास गर्दोरहेछ भन्ने पावलले थाहा पाए। पावलले ठूलो सोरमा भने, “उठ र आफ्नो खुट्टामा उभ।” यसो भनेको सुन्नेबित्तिकै त्यो मानिस जुरुक्क उठ्यो अनि आफ्नो खुट्टा टेकेर हिँड्न थाल्यो।