प्रेरित 16:27-28
प्रेरित 16:27-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते। तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”
प्रेरित 16:27-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए। तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!”
प्रेरित 16:27-28 पवित्र बाइबल (NERV)
जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैंलाई मार्न तयार भएको थियो। तर पावल चिच्यायो, “आफैंलाई घात नगर। हामी सबै जना यहीं छौं।”
प्रेरित 16:27-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
झ्यालखानका हाकिम बिउँझिए त्यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्ने सम्झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे। यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।”