प्रेरित 5:3-5
प्रेरित 5:3-5 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ र जग्गा बिक्रीबाट पाएको रकममध्येको केही भाग कसरी राख्न सक्यौ? बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्वरसँग झूट बोल्यौ।” यो कुरो सुन्ने बित्तिकै, हननिया भुइँमा पछारियो र मर्यो। यस घटना सुन्ने सबैजनाको मनमा ठूलो डर पस्यो।
प्रेरित 5:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब पत्रुसले भने, “ए हननिया, आफ्नो हृदयमा शैतानलाई राज्य गर्न दिएर तिमीले किन पवित्र आत्मासँग झूटो बोल्यौ? खेत बेचेको अलिकति पैसा तिमीहरूले किन आफ्नै लागि लुकाएर राखेका छौ? खेत नबेच्दा पनि त्यो खेत तिमीहरूकै थियो। बेचेपछि पनि त्यसबाट आएको पैसा तिमीहरूकै थियो। तिमीहरूले आफू खुसीले दिन सक्थ्यौ। किन आफ्नो मनमा यस्तो झूट बोल्ने विचार गर्यौ? तिमीहरूले मानिसहरूसँग होइन, तर परमेश्वरसँग झूट बोलेका हौ।” पत्रुसको कुरा सुन्नेबित्तिकै हननिया भूइँमा पछारिएर मरे। यो कुरा सुन्नेहरू सबै डरले कामे।
प्रेरित 5:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो? त्यो बिक्री नभइञ्जेल के त्यो तिम्रो आफ्नै थिएन? र त्यो बिक्री भएपछि पनि त्यो तिम्रै अधिकारमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ।” यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्यागे। यो सुन्नेहरू सबैमाथि ठूलो डर छायो।
प्रेरित 5:3-6 पवित्र बाइबल (NERV)
पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ? जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।” जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए। त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घट्नाको विषयमा सुनेपछि भयभीत बने।