आमोस 4:13
आमोस 4:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले पर्वतहरू बनाउनुहुन्छ, जसले बतासलाई सृजना गर्नुहुन्छ; अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ; उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ, र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ; उहाँको नाम याहवेह सेनाहरूका परमेश्वर हो।
आमोस 4:13 पवित्र बाइबल (NERV)
परमेश्वर नै एकजना हुनुहुन्छ जसले पहाड र बतास सृजना गर्नहुन्छ। उहाँले मानिसहरूलाई आफ्नो बिचार भन्नुहुन्छ। बिहानलाई अँध्यारोमा परिवर्तन गर्नुहुने उहाँनै हुनुहुन्छ। अनि पृथ्वीका पहाडहरूमाथि चढ्नु हुन्छ। उहाँको नाउँ यहोवा हो, सर्वशक्तिमान परमप्रभु परमेश्वर।
आमोस 4:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले पर्वतहरूको आकार बनाउँछ, बतास सृजना गर्छ, मानिसहरूलाई आफ्ना विचार प्रकट गर्छ, प्रभातलाई अँध्यारो पार्छ र पृथ्वीका अल्गा-अल्गा ठाउँहरूमा हिँड्छ— सर्वशक्तिमान् परमप्रभु परमेश्वर उहाँको नाउँ नै हो।
आमोस 4:13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पर्वतहरू बनाउनुहुने र बतास सृजनुहुने परमेश्वर नै हुनुहुन्छ। उहाँले आफ्ना विचार मानिसहरूलाई प्रकट गर्नुहुन्छ। उहाँले नै दिनलाई रात पार्नुहुन्छ। उहाँले पृथ्वीका उच्च-उच्च ठाउँहरूमा आफ्ना पैतालाले टेक्नुहुन्छ। ‘परमप्रभु सर्वशक्तिमान् परमेश्वर’ उहाँको नाम हो।