कलस्सी 1:9-10
कलस्सी 1:9-10 पवित्र बाइबल (NERV)
तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौं। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं: परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस्, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्। तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ।
कलस्सी 1:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोड़ेका छैनौं, र उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दैजान सक।
कलस्सी 1:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौँ। हामी निरन्तर बिन्ती गरिरहेका छौँ, कि परमेश्वरले तिमीहरूलाई आत्माले दिइने समझशक्ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्, ताकि तिमीहरू प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्न पार्न, हरेक असल कामको फल फलाउन परमेश्वरको ज्ञानमा बढ्दै जाओ।
कलस्सी 1:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो कुरा सुनेदेखि नै हामीले तिमीहरूको लागि सधैँ प्रार्थना गर्दैआएका छौं। पवित्र आत्माले दिने पूरा ज्ञान र समझले परमेश्वरको पूरा इच्छा जान भन्ने नै हाम्रो प्रार्थना छ। त्यसो भए तिमीहरूले प्रभुलाई मनपर्ने जीवन बिताएर सधैँ उहाँलाई खुसी पार्न सक्नेछौ। सबै राम्रा काममा तिमीहरूको फलिफाप हुनेछ अनि तिमीहरू परमेश्वरकै ज्ञानमा बढ्दैजानेछौ।