दानिएल 10:12
दानिएल 10:12 पवित्र बाइबल (NERV)
त्यसपछि फेरि ऊ बोल्यो, “नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु।
शेयर गर्नुहोस्
दानिएल 10 पढ्नुहोस्दानिएल 10:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले भन्दैगए, “नडराऊ दानिएल, तिमीले आफ्नो मन समझतिर लगाएको र तिम्रा परमेश्वरको सामु आफैलाई नम्र तुल्याएको पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको थियो, र म तिनकै प्रतिउत्तरमा आएको छु।
शेयर गर्नुहोस्
दानिएल 10 पढ्नुहोस्दानिएल 10:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनले आफ्नो कुरा फेरि भने, “दानिएल, तिमी नडराऊ। तिमीले समझशक्ति पाउनलाई र परमेश्वरको सामु आफूलाई नम्र तुल्याउनलाई आफ्नो मनमा ठानेको पहिलो दिनमै तिम्रा कुराहरू सुनिएका थिए; अनि म तिम्रो प्रार्थनाको प्रत्युत्तरमा आएको हुँ।
शेयर गर्नुहोस्
दानिएल 10 पढ्नुहोस्