दानिएल 3:28
दानिएल 3:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरलाई प्रशंसा होस्, जसले आफ्ना दूतलाई पठाउनुभएर आफ्ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्वास गरे, र राजाको हुकुमलाई अस्वीकार गरी आफ्ना परमेश्वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्डवत् गर्नुभन्दा बरु आफ्ना जीवन दिन तयार भए।
दानिएल 3:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरलाई प्रशंसा होस्, जसले आफ्ना स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई छुटाउनुभयो! तिनीहरूले उहाँमाथि भरोसा राखे, र तिनीहरूका परमेश्वरबाहेक अरू देवताको सेवा गर्नु र त्यसलाई दण्डवत् गर्नुभन्दा राजाको आदेशलाई अस्वीकार गरेर आफ्नो प्राण दिन राजी भए।
दानिएल 3:28 पवित्र बाइबल (NERV)
त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन् जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउनु भयो।
दानिएल 3:28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरको प्रशंसा गर! आफूमाथि विश्वास राख्ने र आफ्नो सेवा गर्ने यी तीन भाइलाई बचाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र आफ्ना ज्यान खतरामा पारे; तर आफ्ना परमेश्वरबाहेक अरू कुनै देवतालाई घोप्टेर पुजेनन्।