दानिएल 9:18-19
दानिएल 9:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस् र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्था हेर्नुहोस्। हामी धर्मी छौं भनेर यो बिन्ती गरेका छैनौं, तर तपाईंको महान् कृपाको कारणले। हे परमप्रभु, सुन्नुहोस्! हे परमप्रभु, क्षमा गर्नुहोस्! हे परमप्रभु, सुन्नुहोस् र कारबाही गर्नुहोस्। हे मेरा परमेश्वर, आफ्नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्।”
दानिएल 9:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे हाम्रा परमेश्वर, कान थाप्नुहोस् र सुन्नुहोस्; तपाईंको आँखा खोल्नुहोस्, र तपाईंको नाम बोकेको सहरको उजाड अवस्था हेर्नुहोस्। हामी धर्मी भएका कारणले तपाईंलाई बिन्ती गरेका होइनौँ, तर तपाईंको महान् कृपाको कारणले गर्दा बिन्ती गर्छौँ। हे प्रभु, सुन्नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, सुन्नुहोस् र काम गर्नुहोस्! तपाईंकै खातिर, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्; किनकि तपाईंको सहर यरूशलेम र तपाईंका मानिसहरूले तपाईंको नाम बोकेका छन्।”
दानिएल 9:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर, हामीतिर आफ्ना कान थाप्नुहोस् र हामीलाई हेर्नुहोस् र हामीमाथि परेका कष्ट र तपाईंको नाममा बनेको सहरको दु:ख-कष्ट बुझिदिनुहोस्। हामीले असल काम गरेको कारणले होइन; तर तपाईं कृपालु हुनुहुन्छ र हामी तपाईंलाई प्रार्थना गर्दछौं। परमप्रभु, हाम्रो बिन्ती सुन्नुहोस्! परमप्रभु, हामीलाई क्षमा गर्नुहोस् परमप्रभु हाम्रो बिन्ती सुनेर त्योअनुसार काम गर्नुहोस्। तपाईंकै नाउँको खातिर अब ढीलो नगर्नुहोस्! यो सहर र यहाँका मानिसहरू तपाईंकै हुन्।”
दानिएल 9:18-19 पवित्र बाइबल (NERV)
मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं। हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”