उपदेशक 12:6-7
उपदेशक 12:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्ग्रो भचाइन अघि, जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर।
उपदेशक 12:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नो सृष्टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि, र सुनको कचौरा फुट्नुअगि, पँधेरामा गाग्रो फुट्नुअगि र इनारमा चक्का भाँचिनुअगि, धुलो माटैमा फर्केर जानुअगि, र आत्मा परमेश्वरकहाँ फर्किजानेछ; जसले त्यो दिनुभयो।
उपदेशक 12:6-7 पवित्र बाइबल (NERV)
चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री इनारमा फुट्नु अघि, अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै, जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर। तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।
उपदेशक 12:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चाँदीको साङ्ला चुँडिनेछ, सुनको बत्ती झरेर फुट्नेछ, इनारको डोरी चुँडिनेछ र गाग्रो फुट्नेछ। हाम्रो शरीर माटोमा फर्कनेछ र जीवनको सास परमेश्वरकहाँ जानेछ, जुन उहाँले हामीलाई दिनुभएको थियो। यी सबै हुनुभन्दा पहिले परमेश्वरको सम्झना गर।