बाइबल एप लोगो
खोज आइकन

उपदेशक 2:18-23 - सबै संस्करणहरू तुलना गर्नुहोस्

उपदेशक 2:18-23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

सूर्यमुनि सबै कुरा, जसका निम्‍ति मैले परिश्रम गरेको छु, ती सबै मैले घृणा गरें, किनभने मैले ती मपछि आउनेको निम्‍ति छोड्‌नैपर्छ। अनि कसले जान्‍दछ, त्‍यो बुद्धिमान्‌ हो कि मूर्ख? तापनि मैले सूर्यमुनि गरेका सबै कार्यहरू त्‍यसकै अधीनमा रहनेछन्, जसमा मैले मेरा सारा प्रयास र सीप लगाएको छु। यो पनि व्‍यर्थ हो। तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्‍झेर म स्‍वयम्‌ निराश भएँ। किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्‍यसले प्राप्‍त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्‍यसको निम्‍ति काम गरेकै छैन। यो पनि व्‍यर्थ, र ठूलो दुर्भाग्‍य हो। सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्‍तासहितको परिश्रमबाट मानिसले के पाउँछ र? त्‍यसका सबै दिनका काम पीर र दु:ख हुन्‌। राती पनि त्‍यसको मनले विश्राम पाउँदैन। त्‍यो पनि व्‍यर्थै हो।

शेयर गर्नुहोस्
उपदेशक 2 NNRV

उपदेशक 2:18-23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मैले गरेको हरेक काम अनि हासिल गरेको हरेक इनामको केही अर्थ थिएन किनभने म जान्‍दथें कि मैले सबै थोक मपछि आउनेको निम्‍ति छोडेर जानुपर्नेछ। मपछि आउने बुद्धिमान् हुन सक्‍छ, मूर्ख पनि हुन सक्‍छ, कसले जान्‍दछ र? तापनि यस संसारमा मेरो मेहनतको फल, मेरो बुद्धिको कमाइ सबै उसैको हुनेछ। यो पनि सबै व्‍यर्थ छ। यसकारण त्‍यस्‍तो ठूलो परिश्रम गरेकोमा मलाई पछुतो भयो। तिमी आफ्‍ना पूरा ज्ञान, बुद्धि र सीप लाएर एउटा काम गर्छौ र सबै थोक अर्काको लागि, जसले केही मेहनत गरेको छैन, छोडेर जान्‍छौ। यो पनि व्‍यर्थ छ र ठूलो दुर्भाग्‍य हो! तिमी परिश्रम गर्छौ, जिन्‍दगीभरि चिन्‍ता गर्छौ, तर फलचाहिँ के पाउँछौ? जतिञ्‍जेल बाँचिन्‍छ, आफूले गरेको हरेक कामले दु:ख मात्र ल्‍याउँछ, टाउको मात्र दुखाउँछ। राती पनि मनले विश्राम पाउँदैन। यो सबै व्‍यर्थ छ।

शेयर गर्नुहोस्
उपदेशक 2 सरल नेपाली

उपदेशक 2:18-23 NERV (पवित्र बाइबल)

मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन। जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरें ती सब माथि अरूकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्। यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ। एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्यांईलाई काममा लाएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्यो त्यो कुनै अर्कैले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई ठूलो दुःख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन। आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ? सारा जीवनमा परिश्रम गर्यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्।

शेयर गर्नुहोस्
उपदेशक 2 NERV

उपदेशक 2:18-23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

सूर्यमुनि मैले गरेका हरेक कामलाई मैले घृणा गर्न थालेँ; किनकि हरेक कामको फल मेरो उत्तराधिकारीको निम्ति मैले छोड्नैपर्छ। अनि कसले जान्दछ, त्यो मूर्ख हुनेछ कि बुद्धिमान्? तापनि सूर्यमुनि मैले गरेको मेरो परिश्रमको हरेक फलमाथि त्यसले नै अधिकार जमाउने रहेछ, जसमा मैले सिप र प्रयत्न लगाएको थिएँ। यो पनि अर्थहीन रहेछ। यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ। किनकि मानिसले आफ्ना बुद्धि, ज्ञान र सिप लगाएर काम गर्छ, र ती सबै अरू कोही, जसले यसको निम्ति मेहनत नै गरेको हुँदैन; उसैको निम्ति छोडेर जानुपर्दो रहेछ। यो पनि एक अर्थहीन र ठूलो दुर्भाग्य हो। सूर्यमुनि गरेका आफ्ना सारा परिश्रम, चिन्ता र प्रयासको निम्ति मानिसले के नै पो पाउँछ र? जीवनभरि त्यसको मेहनत दुःख र कष्‍ट मात्र हो; राति पनि त्यसको मनले विश्राम पाउँदैन। यो पनि अर्थहीन हो।

शेयर गर्नुहोस्
उपदेशक 2 NCV