एफिसी 1:4-5
एफिसी 1:4-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले संसार सृष्टि गर्नुभन्दा अघि नै ख्रीष्टमा हामीलाई आफ्ना सामु पवित्र र निर्दोष पार्न छान्नुभएको थियो। माया गरेर उहाँले आफ्नो उद्देश्यअनुसार हामीलाई ख्रीष्टमा आफ्ना छोराहरू बनाइसक्नुभएको थियो।
एफिसी 1:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो
एफिसी 1:4-5 नेपाली समकालीन संस्करण (NCV)
किनकि उहाँको दृष्टिमा हामी पवित्र र निष्खोट हुन सकौं भनेर उहाँले प्रेममा हामीलाई संसारको सृष्टिपूर्व नै ख्रीष्टमा चुन्नुभयो। उहाँले हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार येशू ख्रीष्टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो
एफिसी 1:4-5 पवित्र बाइबल (NERV)
ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो। अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो।