एफिसी 2:8-10
एफिसी 2:8-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।
एफिसी 2:8-10 पवित्र बाइबल (NERV)
तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो। तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौं। हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।
एफिसी 2:8-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको अनुग्रहले नै तिमीहरू विश्वासद्वारा बचाइएका हौ। तिमीहरूले आफैं कोसिस गरेर बाँचेका होइनौ, यो परमेश्वरको वरदान हो। यो तिमीहरूको प्रयासले भएको होइन, यसकारण घमण्ड गर्ने प्रश्नै उठ्दैन। हामी उहाँका सृष्टि हौं। हाम्रा जीवनबाट असल काम होस् भनेर नै उहाँले हामीलाई ख्रीष्ट येशूमा सृष्टि गर्नुभयो। हामीहरूले ती असल कामहरू गरौं भनेर उहाँले पहिले नै तयार गर्नुभयो।
एफिसी 2:8-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्वरको वरदान हो। यो कर्महरूबाट होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। किनकि हामी परमेश्वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो।