बाइबल एप लोगो
खोज आइकन

एफिसी 4:1-6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

एफिसी 4:1-6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण, म प्रभुको निम्‍ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्‍यही योग्‍यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर। शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ— एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा, हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
एफिसी 4 NNRV

एफिसी 4:1-6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

म प्रभुको कैदी तिमीहरूसँग बिन्‍ती गर्दछु परमेश्‍वरले तिमीहरूलाई बोलाउनुभएकोले जुन चालचलन तिमीहरूमा हुनुपर्ने हो, त्‍यो तिमीहरूमा होस्। सधैँभरि नम्र, सोझो र सहनशील होओ। एक-अर्कालाई सहेर प्रेम देखाओ। पवित्र आत्‍माले नै तिमीहरूलाई मेलमिलापमा ल्‍याउनुभएको हो। त्‍यस एकतालाई सकेसम्‍म जोगाइराख। परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशा एउटै भएजस्‍तै शरीर पनि एउटा हो अनि पवित्र आत्‍मा पनि एउटै हुनुहुन्‍छ। एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा छ। सबैका पिता परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ। सबै काम गर्ने उहाँ नै हुनुहुन्‍छ र उहाँ सबैमा हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
एफिसी 4 सरल नेपाली

एफिसी 4:1-6 NERV (पवित्र बाइबल)

म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ। परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।

शेयर गर्नुहोस्
एफिसी 4 NERV

एफिसी 4:1-6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु। पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर। एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ। एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्मा, एउटै परमेश्‍वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।

शेयर गर्नुहोस्
एफिसी 4 NCV