एफिसी 4:11-13
एफिसी 4:11-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं।
एफिसी 4:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले नै कसैलाई आफ्नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो। ख्रीष्टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्ने बनाउन र उहाँको शरीर मण्डलीको उन्नति गर्नलाई यो नियुक्ती दिनुभयो। यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्वासको एकतामा ल्याउन र परमेश्वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्छन् र एक दिन हामी परिपक्व बन्नेछौं र ख्रीष्टकै भरिपूर्णताको मात्रामा पुग्नेछौं।
एफिसी 4:11-13 नेपाली समकालीन संस्करण (NCV)
यसरी ख्रीष्टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो सेवाको कामको लागि परमेश्वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्टको शरीरको निर्माण हुन सकोस्, जबसम्म हामी सबै परमेश्वरका पुत्रको ज्ञानमा र विश्वासमा एकता प्राप्त गर्दैनौं र ख्रीष्टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौं।
एफिसी 4:11-13 पवित्र बाइबल (NERV)
अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ।