एफिसी 4:14-15
एफिसी 4:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं। बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।
एफिसी 4:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब हामी स-साना केटा-केटीजस्ता धूर्त मानिसका विभिन्न शिक्षाका बतासले जता हुर्र्यायो, उतै जादैनौं। तिनीहरूले निकालेका ठग विद्याले अरूलाई कुबाटोमा लैजान्छ। प्रेमसँग सत्य बोलेर सबै कुरामा हाम्रो शिर ख्रीष्टजस्तै हामी बढ्दै जाऔं।
एफिसी 4:14-15 नेपाली समकालीन संस्करण (NCV)
तब हामी छालहरूले अघि र पछि हुत्याइएका, विभिन्न सिद्धान्तहरूको हर बतास र छालहरूले यताउति पार्दै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौं। बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्टमा, जो शिर हुनुहुन्छ, हामी हर प्रकारले परिपक्व हुनालाई बढ्दै जानेछौं।
एफिसी 4:14-15 पवित्र बाइबल (NERV)
तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्। तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं।