प्रस्थान 24:17-18
प्रस्थान 24:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरूका दृष्टिमा परमप्रभुका महिमाको रूप पर्वतको टाकुरामा भस्म पार्ने आगोजस्तै थियो। तब मोशा बादलको बीचमा भएर पर्वतमा उक्ले, र तिनी पर्वतमा चालीस दिन र चालीस रात रहे।
प्रस्थान 24:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूका निम्ति याहवेहको महिमा पर्वतको टाकुरामा भस्म पार्ने आगोझैँ देखियो। मोशा पर्वतमाथि उक्लँदै गएर बादलभित्र प्रवेश गरे। अनि तिनी पर्वतमाथि चालीस दिन र चालीस रात रहे।
प्रस्थान 24:17-18 पवित्र बाइबल (NERV)
परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो। तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।
प्रस्थान 24:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको उपस्थितिमा चम्किलो ज्योति पर्वतमा पर्यो। त्यस ज्योतिलाई इस्राएलीहरूले पर्वतमाथि जलिरहेको आगोजस्तो देखे। बादलले पर्वतलाई छ दिनसम्म ढाकिराख्यो र सातौँ दिन परमेश्वरले बादलका बीचदेखि मोशालाई बोलाउनुभयो। मोशा पर्वतमा गएर बादलभित्र पसे। उनी त्यहाँ चालीस दिन र चालीस रात बसे।