प्रस्थान 4:11-12
प्रस्थान 4:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? अब जा, म तँलाई बोल्न सहायता गर्नेछु, र तैंले के-के बोल्नुपर्ने हो सो सिकाउनेछु।”
प्रस्थान 4:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले तिनलाई भन्नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र? अब जा; म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले भन्नुपर्ने कुरा सिकाउनेछु।”
प्रस्थान 4:11-12 पवित्र बाइबल (NERV)
त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ। यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौ म तिमीसित हुनेछु। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।”
प्रस्थान 4:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले उनलाई भन्नुभयो, “मानिसलाई कसले बोल्ने मुख दिन्छ? उसलाई कसले गुँगो वा बहिरो बनाउँछ? कसले उसलाई आँखा दिन्छ वा अन्धो बनाउँछ? यी सबै गर्ने म परमप्रभु नै हुँ। अब जा, म तँलाई बोल्न सघाउनेछु। के भन्नुपर्छ, म तँलाई सिकाउनेछु।”