प्रस्थान 8:18-19
प्रस्थान 8:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा भुसुना ल्याउन खोजे, तर सकेनन्। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे। तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्वरकै हात छ।” तर परमप्रभुले भन्नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्।
प्रस्थान 8:18-19 पवित्र बाइबल (NERV)
यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे। यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।
प्रस्थान 8:18-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जादूगरहरूले पनि आफ्ना जादूमन्त्रले भुसुना बनाउन खोजे तर तिनीहरूले सकेनन्। जहीँ-तहीँ भुसुनै-भुसुना भयो र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।