इजकिएल 1:10-11
इजकिएल 1:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती चारै वटा प्राणीहरूका अनुहार यस्ता देखिन्थे: हरेकको एउटा अनुहार मानिसको जस्तो थियो; अनि हरेकको दाहिनेपट्टिको अनुहार सिंहको जस्तै थियो; अनि देब्रेपट्टिको अनुहार गोरुको जस्तै थियो; अनि हरेकको पछाडिपट्टिको अनुहार चीलको जस्तो थियो। तिनीहरूका अनुहार यस्तै थिए। ती प्राणीहरूका दुई वटा पखेटाहरू माथितिर फैलिएका थिए। हरेक प्राणीका दुई वटा पखेटाहरूले दुवैतिर एउटा पखेटाले अर्को प्राणीको पखेटामा छोइरहेको थियो; अनि तिनीहरू हरेकले आफ्ना दुई वटा पखेटाले आफ्ना शरीर ढाकेका थिए।
इजकिएल 1:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूको मोहड़ा यस्ता देखिन्थे: ती चारै जीवातको एउटा मोहड़ा मानिसको झैँ थियो। तिनीहरूको दाहिनेपट्टिको मोहड़ाचाहिँ सिंहको झैँ, देब्रेपट्टिको मोहड़ाचाहिँ गोरुको झैँ, र पछाडिपट्टिको मोहड़ाचाहिँ गरुडको झैँ थियो। तिनीहरूका मोहड़ा यस्तै थिए। तिनीहरूका पखेटाचाहिँ बाहिर र मास्तिर फैलिएका थिए। हरेकका दुई पखेटाले चाहिँ एउटाले अर्काको पखेटालाई छोएका थिए, र अरू दुई पखेटाले आ-आफ्नो शरीर ढाकेका थिए।
इजकिएल 1:10-11 पवित्र बाइबल (NERV)
हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो। प्राणीहरूको पखेंटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेंटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेंटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो।
इजकिएल 1:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रत्येक जीवित प्राणीका चार वटा भिन्ना-भिन्नै अनुहारहरू थिए: अगाडिपट्टि मानिसको अनुहार, दायाँपट्टि सिंहको अनुहार, बायाँपट्टि साँढेको अनुहार र पछाडिपट्टि चीलको अनुहार। प्रत्येक प्राणीका दुई पखेटा मास्तिर फैलिएका थिए र एउटाको पखेटाले अर्कोको पखेटा छोएको थियो र अरू दुई पखेटाले चाहिँ आ-आफ्ना शरीर ढाकेका थिए।